कोर्नका नयाँ स्मार्ट वाच

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कोेर्नका नयाँ स्मार्ट वाच नेपाली बजारमा आएका छन् । स्मार्ट वाच, बड्स तथा मोबाइल एक्सेसोरिजमा अग्रणी मानिएको ब्राण्ड कोर्नलाई नेपाली बजारमा केमियो इन्टरनेसनलले भित्र्याएको हो । कम्पनीका अनुसार कोर्नको सफलतामा मुख्य तीन कारण रहेका छन् । गुणस्तरीयता, बिक्रीपछिको सेवा र प्रतिस्पर्धी मूल्य नै कोर्नका मूल्य विशेषता हुन् । कोर्नले आफ्ना उत्पादनमा एक वर्षको वारेन्टी प्रदान गर्दै आएको छ भने प्रतिस्पर्धीको तुलनामा गुणस्तरीय विल्ड क्वालिटी कोर्नकोे युएसपी नै हो । कम्पनीले नेपाली बजार सुहाउँदो मूल्य निर्धारणमा जोड दिँदै आएको छ । बिक्रीपछिको सेवाका लागि डेडिकेटेड सर्भिस सेन्टर स्थापना गरेको छ भने कुनै पनि उत्पादन सर्भिस सेन्टरमा समस्या समाधान नभए रिप्लेसमेन्ट नै दिने नीति लिएको छ ।

आफ्नो पछिल्लो उत्पादनका रूपमा कोर्नले सिडब्लु ८ म्याक्स स्मार्ट वाच नेपाली बजारमा ल्याएको हो । एप्पल वाच अल्ट्राको डिजाइनबाट इन्सपायर्ड यो सिडब्लु ८ म्याक्सको युजर इन्टरफेस एनरोइड थिममा रहेको छ । आइफोन र एनरोइड दुवैमा कनेक्ट गर्न सकिने यो वाचको डिजाइन, विल्ड क्वालिटी, युजर इन्टरफेस र कम्फर्टमा सम्झौता गरिएको छैन । मेटल बडीको स्मार्ट वाचमा झण्डै दुई इन्चको एचडी डिस्प्ले रहेको छ । हेल्थ मनिटरिङको स्मार्ट वाच ब्लड प्रेसर मनिटरिङ, ब्लड अक्सिजन मनिटरिङ, हर्ट रेट मनिटरिङलगायतका सुविधा रहेका छन् । स्क्र्याच प्रुफका साथै आइपिसिक्सटी सेभेन वाटर रेसिस्टेन्स रहेको छ ।

ADVERTISEMENT

ब्लुटुथ कलिङ साथमा एसएमएस अलर्ट, मिस्डकल अलर्ट, म्युजिक कन्ट्रोल, क्यामेरा कन्ट्रोललगायतका सुविधासमेत रहेका छन् । स्मार्ट वाचमा तीन सय मिली एम्पियरको ब्याट्री प्रयोग गरिएकाले एकपटकको चार्जिङमा १५ दिन ब्याकअप प्रदान गर्ने कम्पनीको दाबी छ । स्मार्ट वाचको प्रवेशसँगै नेपाली बजारमा कोर्नको ब्राण्ड भ्यालु थप बढ्ने केमियो इन्टरनेसनल प्रालिका अध्यक्ष उपेन्द्र साहले बताउनुभएको छ । स्मार्ट वाचको अधिकतम मूल्य सात हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?