२१ व्यक्ति तथा कम्पनीलाई अवार्ड

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सन् २०१६ देखि हरेक वर्ष ग्रोथ सेलर्स प्रालिकोे भगिनी संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गर्दै आएको सेल्स समिटको सातौँ संस्करण काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न व्यमवसायिक कम्पनी र व्यक्तित्वलाई विभिन्न अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा ११ संस्था तथा १० व्यक्तिलाई सेल्स एण्ड मार्केटिङका विभिन्न विधामा अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष मोहन ओझाले जानकारी दिनुभएको छ ।

संस्थातर्फ सेल्स एक्सिलेन्स २०२३ अवार्ड प्राप्त गर्नेमा सिजी फुड्स नेपाल प्रालि, शिवम् सिमेन्टस लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, नबिल बैंक, एनएलजी इन्स्योेरेन्स कम्पनी, वल्र्ड लिंक कम्युनिकेसन्स, नेपाल फर्मास्युटिकल्स ल्याब्रोटरिज, सिई कन्ट्रक्सन प्रालि, द सोल्टी होटल र एनसेल एक्जियाटालगायत रहेका छन् ।

ADVERTISEMENT

त्यस्तै, व्यक्तिगततर्फ यस्तो अवार्ड पाउनेमा एसोडा फुड्सका रमेश विष्ट, शिवम् सिमेन्टका निखिल अग्रवाल, सूर्य नेपाल प्रालिका बालकृष्ण गुरुङ, सिद्धार्थ बंैकका रामेश्वरप्रसाद बस्याल, शिखर इन्स्योरेन्सका पुस्कर महत, नेपाल क्लियरिङ हाउसका विवेक गिरी, डिसहोमका रमेश सापकोटा, नेसनल हेल्थ केयरका अजय पाण्डे, द सोल्टी होटलका हरिश भाट र डाबर नेपालका अभय गोर्खाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?