यस्तो छ- आजको फलफूल तथा तरकारीको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ५५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ८०, हरियो फर्सी ८०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ । एक सातामा ठूलो गोलभेडा झन्डै ६० रूपैया सस्तो भएको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५०, बन्दा लोकल ४५, गाँजर १००, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ९०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १६०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, रातो बन्दा १४०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी २५० रूपैयाँ रहेको समितिले जनाएको छ ।

ADVERTISEMENT

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १३०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०, भारतीय प्याँज सुकेको ७३, लसुन हरियो २००, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याँउ ३५०, अम्बा १२०, जुनार ३००, तोफु ११०, पिंडालू ६०, तामा ९०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *