अन्नपूर्ण मिडियालाई स्पष्टीकरण मागिएको बिषयमा एलाइन्सको ध्यानाकर्षण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मिडिया एलाइन्स नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतका अन्नपूर्ण पोस्ट दैनिकलगायत मिडियामा प्रकाशित सामग्रीलाई लिएर मागेको स्पष्टीकरणका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले अन्नपूर्ण मिडियाका अध्यक्षसमेत रहनुभएका सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई हवाई सेवासम्बन्धी समाचारमा ‘प्रकाशकीय अधिकार दुरुपयोग’ गरेको भन्दै सोधेको स्पष्टीकरण संविधानमा रहेको पूर्ण प्रेस स्वतन्त्रता एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन हुनुका साथै सम्पादकीय स्वतन्त्रताको बर्खिलापसमेत रहेको एलाइन्सले बिहीबार एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र मिडियामाथि असंवैधानिक ढंगबाट भएको हस्तक्षेप भर्तसनायोग्य छ । संविधान, कानुन र विधिको शासनको पक्षधर मिडिया एलाइन्स नागरिक उड्डयन प्राधिकरण र त्यसको नेतृत्वबाट भएको गैरकानुनी कार्यको कडा निन्दा गर्दछ ।’

ADVERTISEMENT

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘मिडियामा प्रकाशन÷प्रसारण हुने सामग्रीमा चित्त नबुझे उपचार खोज्ने छुट्टै कानुनी प्रावधान छन् । तर, असम्बन्धित निकायले असम्बन्धित व्यक्तिलाई असम्बन्धित विषयमा स्पष्टीकरण सोध्नु पदीय अख्तियारीको दुरुपयोग हो । मिडिया एलाइन्स प्राधिकरणको नेतृत्वलाई अख्तियारको दुरुपयोग नगर्न सचेत पार्दै उक्त स्पष्टीकरण फिर्ता लिई संविधानले व्यवस्था गरेको पूर्ण प्रेस स्वतन्त्रता एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?