एनसेललाई अपराध अनुसन्धान कार्यालयको सम्मान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुर्‍याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलतर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्यांकन स्वरूप प्रशंसापत्र प्रदान गरेको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले प्रशंसापत्र प्रदान गर्नुभएको थियो । एनसेलले सामाजिक उत्तरदायी संस्थाका रूपमा सुरक्षा र अन्य सरकारी निकायलाई कानुनबमोजिम आवश्यक सहयोग प्रदान गर्दै सुरक्षित समुदाय र समाज विकासमा सहयोग पुर्‍याउँदै आएको छ ।

ADVERTISEMENT

एनसेलले उक्त सम्मान समुदाय र जनताको हितका लागि कम्पनी काम गर्न प्रतिबद्ध रहेको छ भन्ने प्रमाण भएको जनाएको छ । नेपाल प्रहरीले प्रहरी दिवसका अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज