सामाजिक सञ्जालबाट हुने हिंसा सहन बढी शक्ति चाहिन्छ : अभिनेत्री मानन्धर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

ललितपुर । अभिनेत्री करिश्मा मानन्धरले दैनिक जीवन काम भन्दा पनि सामाजिक सञ्जालको प्रहारलाई सम्हाल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

बिहीवार मिडिया एड्भोकेसी गु्रपले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा सामाजिक सञ्जालबाट आफूले भोगेको अनुभव सुनाउँदै यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आफू बिरुद्ध हुने प्रहार सहजिकरण गर्ने दैनिक काममा भन्दा बढी इनर्जि खर्च गर्नु परिरहेको बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालको प्रयोगमा संवेदनशिलता अपनाउँदा पनि अरुले आफूमाथि प्रहार गर्ने गरेको बताउनु भयो । उहाँले आफू भन्दा पनि अरुको कारणले आफलाई धेरै पटक मिडियाहरुले नराम्रो बनाइदिने काम गरेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा वाक स्वतन्त्रता प्रयोग गर्न सबैले पाउने तर अरुको बारेमा स्टोरी बनाएर जीवनी भन्न नपाउने बताउनु भयो। उहाँले एक जना पुरुष चरित्र र कामको बारेमा मात्रै आलोचित हुने गरे पनि महिला धेरै विषयमा पीडित रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले पछिल्लो समय सामाजिक सञ्जाल अनसिन प्लेटफर्म ठानेर सबै तीतो पोख्ने गरिएको बताउनु भयो। उहाँले हामीले यसलाई कानूनी मात्रै नभएर रोगी समाज निर्माण गरिरहेको बताउनु भयो। उहाँले साइबर क्राइम नियन्त्रण गर्न कानून मात्रै पर्याप्त नभएको बताउनु भयो।

उहाँले सामाजिक सञ्चाल दुरुपयोग गर्नेहरुलाई साइबर सम्बन्धि अभिमुखिकरण गर्नुपर्ने बताउनु भयो । सार्वजनिक स्थानमा दुई तीन वटा मिडिया ल्याएर मानिसहरुलाई ह्यारेसमेन्ट हुने गरेको बताउनु भयो। उहाँले जथाभावि लेख्ने र सामाजिक सञ्जालमा दुरुपयोग गर्ने पत्रकारलाई पनि सरकारले नियमन गर्नु पर्ने बताउनु भयो । पत्रकारले समाजलाई संस्कार सिकाउनुपर्ने भन्दै अरुलाई बाटो देखाउनु पर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज