नेता रावलको व्यंग्य : ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नेपालको संस्कृति भनेको देशको लागि मुटु कलेजो भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरुले देशकै फजिति नहोस् लगायतका कवितांशहरुबाट सरकारको व्यंग्य गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरुले देशकै फजिति नहोस् । आफ्नै भाका लय र लहरले संगीत मीठो बनोस्, कति समृद्ध, सुसंस्कृत देश छ नेपाल संसार सधैँ भनोस् । भारी भ्रष्ट मति, गति र खतिका मिल्काइदेउन् सबै, हे गौरा यो पवित्र भूमिमा नहोस् अनिष्ठ कवै । हाम्रा भाषा, संस्कृति, ऋति, रिवाज जसरी हाम्रा देशका मुटु कलेजा हुन्, देशको संस्कृति त्यस्तै हो । यदी कुनै देशका जनतालाई खत्तम पार्नु छ, त्यो देशको एकता सिध्याउनु छ, त्यो देशको स्वाभिमानलाई समाप्त गर्नु छ भने त्यो देशका गौरालाई समाप्त गर्नुपर्छ ।’

नेता डा. रावलले आफू गृहमन्त्री हुँदा गौरा पर्वमा बिदा दिएको तर अहिले किन काटिएको भन्दै प्रश्न गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?