काठमाडौं । मिड सोलु हाइड्रोपावरले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले बुधबार सेयर बाँडफाँट गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साउन १४ देखि साउन २८ सम्म ७४ हजार आठ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो । क्यापिटलका अनुसार ३१ हजार पाँच सय २२ जना आवेदकबाट सात लाख चार हजार दुई सय कित्ता सेयर खरिद लागि आवेदन प्राप्त भएको थियो । सोमध्ये सम्बन्धित सि-आश्वा सदस्य बंैक तथा वित्तीय संस्थाबाट विभिन्न कारणबाट एक हजार आठ सय ६७ जना आवेदकबाट ५८ हजार छ सय ४० कित्ताका लागि प्राप्त आवेदन रद्द गरिएको र बाँकी २९ हजार छ सय ५५ आवेदकबाट छ लाख ४५ हजार छ सय ६० कित्ता सेयर खरिदका लागि अन्तिम आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।
प्राप्त आवेदन रुजु गर्दा सात आवेदकबाट दुई सय ६० कित्ता सेयरका लागि प्राप्त आवेदन रितपूर्वक नदेखिएकाले रद्द गरी रितपूर्वक आवेदन प्राप्त २९ हजार छ सय ४१ आवेदकबाट छ लाख ४५ हजार तीन सय कित्ता सेयर गोलाप्रथाका माध्यमबाट बाँडफाँट गरिएको बताइएको छ ।
जसअनुसार १० कित्तादेखि तीन हजार कित्तासम्म सेयर खरिद आवेदन गर्ने सात हजार चार सय ८४ आवेदनकर्ता छनोट गरी १० कित्ताका दरले जम्मा ७४ हजार आठ सय ४० कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । मिड सोलुले सोलुखुम्बुको साबिक सल्लेरी गाविसमा ९.५ मेगावाटको मध्य सोलुखोला जलविद्युत् आयोजना निर्माण गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts