‘गोर्खा वारियर’ लाई बेलायतका प्रधानमन्त्री सुनकको शुभकामना

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’लाई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्रमार्फत सफलताको शुभकामना दिनुभएको छ । यहीभदौ २४ मा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा विशेष प्रदर्शनी (वल्र्ड प्रिमियर) गर्न लागिएको चलचित्र हेर्न कार्यव्यस्तताको कारण उपस्थित हुन् नसके पनि गोर्खालीका विषयमा चलचित्र बन्नु गौरवको विषय रहेको उहाँले पत्रमा उल्लेख गर्नुभएको छ । ‘बहादुर गोर्खा सैनिकको वीरता, त्याग र समर्पणबारे बनेको चलचित्रको विषयमा थाहा पाउँदा म हर्षित छु । निम्तोका लागि हार्दिक धन्यवाद । म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु । प्रिमियर सो र चलचित्र सफलताको शुभकामना दिन चाहन्छु । पत्रका लागि धन्यवाद’, प्रधानमन्त्री सुनकले पठाएको पत्रमा उल्लेख छ ।

केही समयअगाडि निर्माता तथा निर्देशक मिलन चाम्सले सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई विशेष प्रदर्शनीमा सहभागी हुन निम्तो पठाउनुभएको थियो ।

ADVERTISEMENT

युद्ध विधामा बनेको यस चलचित्रमा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकका लडाइँबारे देखाइएको छ । नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?