आँखा पाक्ने रोग नियन्त्रण उन्मुख

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीमा साउनको १५ तिर प्रकोपको रुपमा रहेको आँखा पाक्ने रोग अहिले नियन्त्रणमा आयको छ । आँखा पाकेर सबै तिर आतंक मच्चाएको आँखा पाक्ने रोगका बिरामी दैनीक घट्दो रुपमा रहेको ईश्वरपुरमा रहेको आँखा उपचार केन्द्रका प्रमुख राकेश प्रसाद साहले जानकारी दिनुभयो ।

साउनको १५-२० मा दैनिक ५० देखि ६० जनासम्म आँखा पाक्ने रोगका बिरामी आउने गरेकोमा अहिले नगन्य रुपमा दैनीक एक दुई जना फाटपुट मात्र आँखा पाकेका बिरामी उपचार केन्द्रमा आउने गरेको प्रमुख साहले जानकारि दिनुभयो । सर्लाहीको २० वटै पालीकाम गरि कति बिरामि भएको भने बिवरण संकलनको काम भैरहएको स्वास्थ्य कार्यलय सर्लाहीका प्रमुख नवल किसोर झाले जानकारि दिनुभयो ।

ADVERTISEMENT

पैले राेग नियन्त्रयमा सबै पालिका तथा आँखासँग संवन्धित निजी तथा नेत्र ज्वती संघ वाट संचालित आँखा सम्वन्धि संघसंस्था मिलेर नियन्त्रणमा लिने काम सकेर अव तथ्याङ्क संकलनको काममा लागेको प्रमुख झाको भनाइ छ । यसरि आँखा पाक्ने बिरामी बढे संगै जिल्लाको बिभिन्न पालीकाले यस रोग नियन्त्रयको लागि अभियानै संचालनमा गरेका थिए ।

रोग नियन्त्रण गर्न अभियान नै संचालनमा आएपछि स्थानियले समेत केहि राहत पाएका थिए । याे रोग बिषेश गरि बालबालिकामा देखा परेको थियो । पछिल्लो समय पानी परे संगै गर्मी बाट केहि राहत हुन थालेपछि आँखा पाक्ने रोगमा कमी आएकाे हुन सक्ने स्थानियकाे भनाइ छ । याे किसिमको भाइरसको अवधि ५-७ दिनको हुने भएकाले समेत रोग समयमै नियन्त्रयामा लिन सहज भएको स्वास्थ्यकर्मी बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?