राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक एमालेद्धारा बहिस्कार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।

समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको हो ।

ADVERTISEMENT

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा पार्टी रहेको छ । बैठकको बैद्यानिकता नहुने भए पछि एमाले शितल निवास नजाने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थियो । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *