अमेरिकामा लगाईयो गर्भवती महिलालाई पहिलो पटक आरसिबी खोप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

वासिंग्टन डिसी । संयुक्त राज्य अमेरिकाले गर्भवती महिलाहरुको लागी एक खोप अनुमोदन गरेको छ, जसले बच्चाहरुलाई श्वासप्रश्वास सिन्सिटियल भाइरस (आरसीबी) को कारण हुने गम्भीर रोगबाट बचाउने छ। अमेरिका यस्तो खोप स्वीकृत गर्ने विश्वको पहिलो देश बनेको छ ।

समाचार अनुसार यो खोप फाइजरले निर्माण गरेको हो । चिकित्सकका अनुसार यो खोप गर्भावस्थाको अन्त्यमा आमालाई दिइनेछ । समाचार अनुसार यो खोप ७ हजारभन्दा बढी गर्भवती महिला र तिनका शिशुमा परीक्षण गरिएको छ ।

ADVERTISEMENT

एब्रीस्वो खोपको कारण बच्चाहरूलाई अस्पतालमा भर्ना वा गहन हेरचाह आवश्यक थियो। आरसीबीको कारण प्रत्येक वर्ष शिशु र वृद्धहरू अस्पतालमा भर्ना हुन्थ्यो। जाडोमा मानिसहरु यसबाट बढी प्रभावित हुन्छन् । गत वर्ष सबैभन्दा बढी बालबालिका यसबाट प्रभावित भएका थिए ।

सेन्टर फर बायोलोजिक्स इभ्यालुएसन एन्ड रिसर्चका निर्देशक पिटर मार्क्सले बालबालिकामा रोग लाग्नुको मुख्य कारण आरएसभी भएको र जसका कारण उनीहरुलाई अस्पताल भर्ना गर्नुपर्ने बताए ।फाइजरले भनेको छ कि यदि विश्वव्यापी रूपमा खोप लगाइयो भने आरसीबीले ले १६ हजार बच्चाहरूलाई अस्पतालमा भर्ना हुनबाट र ३० लाख बच्चाहरूलाई डाक्टरहरू जानबाट रोक्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?