कामनाको ‘तिम्रै लागि’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारिक सम्बन्ध मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुवात स्वरूप बैंकले ‘तिम्रै लागि’ मुद्दती र बचत खाता सार्वजनिक गरेको हो ।

पछिल्लो समय आफन्तपन र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सवका दिन उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अप्ठ्यारो अवस्थामा प्रयोग गर्न सकिने तथा आर्थिक सहयोगको समेत आभास हुने गरी उपहारको नयाँ परम्परा सुरुवात गर्न बैंकले नयाँ निक्षेप योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताउनुभयो ।

ADVERTISEMENT

सम्बन्धपनको महत्व दर्शाउँदै उक्त खाता हजुरबुबा, हजुरआमा, बुबाआमा, श्रीमान्श्रीमती, दाजुभाइ, दिदीबहिनी, छोराछोरी तथा नातीनातिनाले आफ्नो पारिवारिक सम्बन्धभित्र जोकसैलाई पनि उपहार स्वरूप उक्त मुद्दती खाता उपहार गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार न्यूनतम १० हजार रुपैयाँमै खोल्न सकिने मुद्दती खातामा मासिक रूपमा ब्याज प्राप्त गर्न सकिनेछ । खाता खोल्दा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर सुविधा र डेबिट कार्ड निःशुल्क प्राप्त गर्न सकिनेछ । मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म कर्जा सुविधा तत्कालै प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?