काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘एजेन्सी अवार्ड नाइट-२०८०’ सम्पन्न भएको छ । कार्यक्रममा दुई सय एजेन्सी म्यानेजर तथा अभिकर्ताको सहभागिता थियो । सो अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्तामध्येबाट सर्वोत्कृष्टलाई सम्मान गरिएको थियो । देशभरिबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सूर्यज्योति रत्न अवार्डबाट व्यक्तिगत कोडमा बुटवलका कमलप्रसाद घिमिरे र सामूहिक व्यवसायअन्तर्गत काठमाडौंका उपेन्द्र राईलाई अवार्ड, ट्रफी र नगदसहित सम्मान गरिएको हो । त्यसैगरी प्रोडक्ट एम्बेसडरअन्तर्गत ‘सुरक्षित भविष्य’ र ‘८४ पूजा’ जीवन बिमा योजनामा क्रमशः गौरवकुमार शाही र कमलप्रसाद घिमिरे सम्मानित हुनुभएको छ ।
कम्पनीले एमडिआरटी क्वालिफायर्स, सिइओ क्लब र चेयरम्यान क्लबअन्तर्गतका ६२ जनालाई सम्मान गरेको थियो । सो अवसरमा कम्पनीका ब्राण्ड एम्बेसडर राजेश हमालका साथै कम्पनीका सञ्चालक विवेक झा, नन्दकिशोर शर्मा, हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, वरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवनकुमार खड्कालगायतले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा चिफ बिजनेस अफिसर पर्शुराम मरासिनी, वरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवनकुमार खड्का, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, सञ्चालक नन्दकिशोर शर्मालगायतले कम्पनीका बारेमा चर्चा गरेका थिए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts