आयात-निर्यातमा लागूऔषध नियन्त्रणबारे छलफल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल फ्रेट फरवार्ड्स एसोसिएसन (नेफा)ले लागूऔषध नियन्त्रण ब्युरोको सहकार्यमा आयात-निर्यातका क्रममा लागूऔषधको जोखिम नियन्त्रण तथा कार्गाे कम्पनीका कर्मचारी एवं अन्य सरोकारवाला निकायलाई लागूऔषध नियन्त्रणसम्बन्धी कार्यशाला आयोजना गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, आयात-निर्यातसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, कार्गो व्यवसायी, कार्गाे कम्पनीमा कार्यरत कर्मचारीसहित एक सय ७२ जनाको सहभागिता रहेको कार्यक्रममा नेफाका अध्यक्ष मनोज अधिकारीले निवार्ध रूपमा नेपाली वस्तु निर्यात गर्न कार्यक्रमबाट सहयोग पुग्ने बताउनुभयो । नेफा सदस्य एवं नेफा इन्टरनेसनल रिलेसन एण्ड क्यापिसिटी इनहृयान्समेन्ट कमिटीका सभापति मनिषमान श्रेष्ठले नेपालबाट तेस्रो मुलुक निर्यात गर्दा आवश्यक कार्य प्रक्रियासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

ADVERTISEMENT

लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले मालवस्तु आयात-निर्यातका क्रममा लागूऔषध तस्करीका तरिका तथा नियन्त्रण उपाय, कानुनी प्रावधान, जोखिम, कार्गो व्यवसायीले अपनाउनुपर्ने सावधानीलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने लागूऔषध नियन्त्रण ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले लागूऔषध जोसँग फेला पर्छ, सुरुमा उसैलाई पक्राउ गरी अनुसन्धान सुरु हुने भएकाले आयात-निर्यातमा सावधानी अपनाउनुपर्ने बताउनुभएको थियो ।

लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले लागूऔषध नियन्त्रण तथा अनुसन्धानमा सघाउन सबै आमनागरिकको कर्तव्य भएकाले प्रहरीको कारबाही प्रक्रियामा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेफाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौलाले पनि कार्गो क्षेत्रका जोखिमबारे चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज