नागपञ्चमी विधि र महत्व

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

✍️ तोयराज नेपाल

श्रावण शुक्लपञ्चमीलाई नागपञ्चमी भनिन्छ । मुख्यतया नाग आठ प्रकारका छन् । अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः । कुलीरः कर्कटः शंखचाष्टौ नागाः प्रकीर्तिताः ।। १, अनन्त २, वाासुकि ३, पद्म, ४, महापद्म ५, तक्षक ६, कुलीर ७, कर्कट र ८, शंखसमेत गरी आठ प्रकारका नाग हुन्छन् । पञ्चमी तिथिका अधिष्ठातृ देवता नाग भएका हुँदा त्यस दिन नाग पूजा गर्ने परम्परा चलेको हो ।
यस विषयमा शास्त्रीय वचन छ-
पञ्चम्यां पूजयेन्नगाननन्ताद्यान् महोरगान् ।
क्षीरं सर्पिस्तु नैवेद्यं देयं सर्वसुखावहम् ।। देवीपुराण ।
हेमाद्रिमा उद्धृत भविष्यपुराणको वचन यसप्रकार छ–
श्रावणे मासि पञ्चम्यां शुक्लपक्षे नराधिप ।
द्वारस्योभयतो लेख्या गोमयेन विषोल्बणाः ।।
पूजयेद् विधिवद् वीर दधिदूर्वाङ्कुरैः कुशैः ।
गन्धपुष्पोपहारैश्च ब्रहृमणानाञ्च तर्पणैः ।।
ये तस्यां पूजयन्तीह नागान् भक्तिपुरःसराः ।
न तेषां सर्पतो वीर भयं भवति कुत्रचित् ।। (निर्णयसिन्धु चूडामणि– २१६)
श्रावणशुक्ल पञ्चमीमा गोबरका नाग बनाएर वा नागका चित्र लेखेर ढोकाका दुवैतिर टाँस्ने शास्त्रीय विधान छ । नागहरू भगवान् महादेवका भूषणस्वरूप हुन् भन्ने विषयमा कालिका पुराणमा उल्लिखित वचन यसप्रकार छ :- वासुक्याद्याश्च ये सर्पा यथास्थानञ्च ते हरम् । भूषयाञ्चक्रुरुद्गम्य शिरोबाहृवादिषु द्रुतम् ।।
कुनै समयमा ब्रहृमाबाट कुनै निमित्तबाट मृत्यु हुने संकेत पाएर वसुकि आदि नागहरू मृत्युबाट बच्नका लागि मृत्युञ्य स्वरूप शिव र पार्वतीका विवाहमा शिवजीका हातमा, शिरमा र घाँटीमा गहना स्वरूप भएर शिवका शरणमा परे । आफ्ना शरणागत नागलाई शिवजीले सधैं गहनाका रूपमा धारण गरेर उनीहरूको रक्षा गर्नुभएको हुँदा नागको पूजा आराधना गर्दा शिवजी प्रसन्न हुनुहुन्छ । मुख्यतया नागहरू आठ प्रकारका मानिए पनि यिनीहरूका अतिरिक्त ऐरावत, धनञ्जय, कालिय, मणिनाग, आपूरण, पिञ्जरक, एलापत्र, वामन, नील, अनिल, कम्बल, अश्वतर, धृतराष्ट्र, कुण्डोदर, महोदर आदि थुप्रै नागका नामहरू उल्लेख भएको कुरा महाभारतमा उल्लेख छ । (महाभा.आदि) अध्याय-३५०)

कुनै निमित्तबाट मृत्यु हुने संकेत पाएर वसुकि आदि नागहरू मृत्युबाट बच्नका लागि मृत्युञ्य स्वरूप शिव र पार्वतीका विवाहमा शिवजीका हातमा, शिरमा र घाँटीमा गहना स्वरूप भएर शिवका शरणमा परे । आफ्ना शरणागत नागलाई शिवजीले सधैं गहनाका रूपमा धारण गरेर उनीहरूको रक्षा गर्नुभएको हुँदा नागको पूजा आराधना गर्दा शिवजी प्रसन्न हुनुहुन्छ ।

ADVERTISEMENT

यसदिन घरको मूल ढोकाका दुवैतिर गोबरले नाग टाँसेर त्यसमा कपास, सुपारी, दूवो, कुश चन्दन, अक्षता, लावा, अवीर, आखदिले पूजा गरी दूध, दही र घ्यू आदिकासाथै विभिन्न नैवेद्य चढाउनुपर्छ । कतै-कतै घ्यूको धारा लगाउने पनि चलन छ । साथै ब्राहृमणहरूलाई सिधा दक्षिणा र भोजनहरू गराएर तृप्त गराउनु पर्दछ । यसबाट सर्पको भय नहुने, घरमा चट्याङ् नपर्ने र घरको सुरक्षा हुने विश्वास पनि गरिन्छ ।

नागको पूजा गर्ने मन्त्र यसप्रकार छन्- ‘अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुर्जैमिनिश्चैव पञ्चैते वज्रवारकाः ।। मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् । विद्युदग्निभयं नास्ति लिखित्वा गृहमण्डले ।। सर्पापसर्प भद्रं ते गच्छ सर्प (दूरंगच्छ) महाविष । जनमेजयस्य यज्ञान्ते आस्तीकवचनं स्मर ।। असितं चार्तिमन्तं च सुनीथं चापि यः स्मरेत् । दिवा वा यदि वा रात्रौ नास्य सर्पभयं भवेत् ।। यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः । भंगो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।

अनि मनसादेवीको पनि पूजा गरेर प्रार्थना गर्नुपर्दछ । आस्तीकस्य मुनेः मातर्जगदानन्दकारिणि । एहृयेहि मनसे देवि नागेश्वरि नमोद्रस्तु ते ।। झनागमातर्नमोक्स्तु ते यस्तो पाठन्तर पनि छ । नाग स्थानमा वा पानीको मूल भएका स्थानमा पीठाको अथवा कपासको नागको आकार बनाएर नागपूजा गर्ने प्रचलन पनि छ । यसबाट पानीको स्रोत सुक्तैन भन्ने मान्यता छ । ॐ हरये नमः ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *