खुला रक्तदान तथा निःशुल्क आँखा शिविर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा खुला रक्तदान तथा निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । जोरपाटी शिवचोकस्थित कान्तिभैरव अटो वर्कसपमा शनिबार शिविरको आयोजना गरिएको हो । रगतदान जीवनदान भन्ने भनाइलाई आत्मसात गर्दै शिविर सञ्चालन गरिएको थियो ।

वर्षायाममा रगतको अभाव हुने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका संयोजक एवं कलाकार कुमारमणि गजुरेलले बताउनुभयो । सयजनाभन्दा बढी रक्तदाताहरू सहभागी भए पनि ६७ जनाले मात्र रगत दिन पाएको नेपाल रेडक्रसले जनाएको छ ।

ADVERTISEMENT

सो कार्यक्रममा पाँच सयभन्दा बढीले निःशुल्क आँखा जाँच गरे भने हेमोग्लोबिन जाँच पनि गरिएको अटो मेकानिक्सका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक अनिल गजुरेलले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?