काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच साधारण सेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ठूलो खोला हाइड्रोपावरका सञ्चालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावरको सार्वजनिक निष्कासन गर्नेछ । ठूलो खोला हाइड्रोपावरले निर्माण गरिरहेको माथिल्लो ठूलाखोला ए जलविद्युत् आयोजना म्याग्दीमा अवस्थित छ । आयोजना २२.५ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts