यात्रुवाहक बस इन्धन बोकेको भ्यानसँग ठोक्किँदा पाकिस्तानमा २० जनाको मृत्यु

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

सिन्ह्वा । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको हाफिजाबाद जिल्लामा आईतवार यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

आईतवार यात्रु बसले अर्को सवारीसाधनलाई ठक्कर दिँदा लागेको आगोले अन्य १५ जना घाइते भएका हुन् । फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान इन्धन बोकेको पिकअप भ्यानसँग बस ठोक्किएर आगलागी भएको थियो ।

ADVERTISEMENT

उद्धारकर्मीहरुले घाईतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ । बसमा करिव ४० जना यात्रु सवार थिए । दुर्घटनाग्रस्त बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट संघीय राजधानी इस्लामावाद जाँदै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?