चीनको प्राकृतिक ग्यास उत्पादन ७.६ प्रतिशतले बढ्यो

Read Time = 1 min

बेइजिङ । चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ । यहाँ गत महिना १८.४ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ७.६ प्रतिशतले बढी हो । वृद्धि दर जुनको तुलनामा २.१ प्रतिशत अंकले बढी थियो ।

ADVERTISEMENT

ब्युरोका अनुसार देशले गत महिना १ करोड ३१ लाख टन प्राकृतिक ग्यास आयात गरेको थियो । जनवरीदेखि जुलाई सम्म चीनको प्राकृतिक ग्यास उत्पादन वार्षिक रूपमा ५.७ प्रतिशतले बढेर १३४ अर्ब घनमिटर पुगेको छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज