सामसुङको रिटेलर मिट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सामसुङ नेपालले काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ सार्वजनिकसँगै बिहीबार रिटेलर मिट आयोजना गरेको छ । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणका साथमा कारोबार गर्ने प्रतिष्ठित ९० भन्दा बढी व्यापारी साझेदारको उपस्थिति थियो ।

सो अवसरमा हालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडल ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषता जस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भिउइंग, सेल्फीलगायतका बारेमा जानकारी दिइएको थियो । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रंग मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ । आठ प्लस २५६ जिबीमा उपलब्ध यसको एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

ADVERTISEMENT

त्यस्तै, ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो दुई प्रकारका रङमा रहेको छ भने १२ जिबी मेमोरीसहितका २५६ जिबी र ५१२ जिबी भण्डारण क्षमतामा उपलब्ध छ । ग्यालेक्सी जेड फोल्ड ५ अर्थात् १२ प्लस २५६ जिबीको मूल्य दुई लाख २६ हजार नौ सय ९९ र १२ प्लस ५१२ जिबीको मूल्य दुई लाख ३९ नौ सय ९९ रुपैयाँ रहेको छ । उल्लेखित मोडलकोे प्रि-अर्डरमा २५ हजार रुपैयाँसम्मको फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?