काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाको छैटौँ वर्ष पूरा गरेको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । सातवटै प्रदेशमा गरिएको रक्तदान कार्यक्रममा छ सय १९ जना रक्तदाता सहभागी थिए ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंका शाखा कार्यालय बिर्तामोड, इटहरी, वीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगञ्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको हो ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यसअघि आइएमई लाइफले खिर खाने दिनमा महिला अभिकर्ताको सम्मान कार्यक्रम, आरुष अस्पताल ललितपुरको समन्वयमा जीवनशैली जनित रोगबारे अभिकर्तामाझ जनचेतना कार्यक्रम, धरानमा एक हजार वृक्षारोपण, मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रमलगायत बृहत् स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । साथै वार्षिकोत्सवका अवसरमा कम्पनीले प्रभातफेरी कार्यक्रम पनि गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता