गोरु काटेर भोज गरिएको बिषयमा राप्रपासहित संघ संगठनको बिरोध

प्रहरी भन्छ- ‘अनुसन्धान भइरहेको छ, संलग्न सबैलाई कारबाही हुन्छ’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रूपमा गोरु काट्नु, भिडिओ बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु आपत्तिजनक भएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै राप्रपाले सामाजिक सद्भाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आपसी एकता, सद्भाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो । सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सद्भाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रस्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

यता, विश्व हिन्दू परिषद् नेपालले पनि घटनाको घोर भत्र्सना गरेको छ ।

परिषदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, (गौवंश) नेपालको राष्ट्रिय जनावर मात्र नभई बहुसंख्यक सनातनी हिन्दूहरुको आस्था एवं अन्तर आत्मासंग समेत जोडिएको तथ्य सर्व विदितै छ । हिन्दूहरू गौवंशलाई भगवानको रुपमा पुज्ने गर्दछन । गौवंशको हिन्दू धर्ममा धार्मिक महत्व रहनुका साथै वैज्ञानिक रुपमा समेत विशेष महत्व रहेको छ ।

नेपालको कानुनले गौहत्यालाई पूर्णतः वर्जित गरेको भएता पनि दिनानुदिन गौ हत्याको घटना बढनु गम्भीर एवं चिन्ताजनक विषय हो । कानुनमा गौहत्यालाई दण्डनीय अपराध भनेर उल्लेख गरिएता पनि व्यवहारमा दण्डहीनता मौलाएको देखिन्छ ।

घटनामा संलग्न रहेका अपराधीहरूले सार्वजनिक रूप मै गौमांसको भोज आयोजना गर्दै भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा समेत प्रहरी प्रशासन मौन रहनुले प्रहरी प्रशासनको चरित्रमा समेत प्रश्न चिन्ह खडा भएको छ । यसपूर्व धरान स्थिति एक हिन्दू मन्दिरको गरिमा विपरित चर्च स्थापनामा धरानका नगर प्रमुखको मौन समर्थन एवं संलग्नताले धरानमा हिन्दू विरोधी तत्वको मनोबल बढेको देखिन्छ ।

ADVERTISEMENT

यस किसिमको घटनाक्रमले बारम्बार हिन्दू समुदायको आस्था एवं भावनामा गम्भीर चोट पु¥याउँदै खेलवाड गर्दै आएको छ । गौहत्यामा संलग्न अपराधीहरुलाई समय मै कानुनी दायरामा ल्याईएन भने समाजिक सद्भावमा समेत खलल पुग्ने देखिन्छ ।

नेपालको राष्ट्रिय जनावरको रक्षा एवं बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौवंश हत्यामा संलग्न अपराधी एवं यस प्रकृतिका अपराधीलाई बचाउन खोज्ने तत्व समेतलाई कडा भन्दा कडा कारवाही गर्न विश्व हिन्दू परिषद नेपाल सम्बन्धित निकाय समक्ष हार्दिक अपिल गर्दछ । कुनै पनि बहानामा यस्ता अपराधीलाई जोगाउने प्रयास गरियो भने हामी कठोर कदम चाल्न बाध्य हुनेछौं र तत्पश्चात सिर्जना हुने परिस्थितिको जिम्मेवार सम्बन्धितपक्ष स्वयं हुनेछ ।

भिडिओमा गाईको मासु खाएपछि अब संविधान पनि संशोधन गर्नु पर्ने बताइएको छ । एकजनाले भने गाईको हैन गोरुको मासु भन्छन् । भिडिओमा एक महिलाले भन्छिन्( मासु खाएपछि अब संविधान पनि संशोधन गर्नु पर्छ । नत्र गाईको मासुले पाप लाग्छ ।

भिडिओमा मासु खाँदै गरेको अवस्थामा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र केही पत्रकारहरू समेत देखिएका छन् । भोजमा जनजाति संस्कृति संरक्षणको पक्षमा लागेका अभियन्ताहरु समेत मासु खाँदै गरेको अवस्थामा देखिएका छन् ।

भिडिओमा घर भित्र र बाहिर बसेर भोज खानेहरू देखिएका छन् । नेपालको संविधानको धारा ९ उपधारा (३) मा नेपालको राष्ट्रिय जनावरको रुपमा गाईलाई राखिएको छ । त्यस्तै, मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद-२७ मा गाई गोरु काट्न नहुने उल्लेख छ । गाई गोरुलाई कुटी अंगभंग भएमा निजलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहिताले गरेको छ ।

यता प्रहरीले भने सामाजिक सञ्जालमा भइरहेको भिडिओको विषयमा गम्भीरताका साथ अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले के काटिएको हो ? कहाँ काटिएको हो ? र कसले काटेको हो भनेर अनुसन्धान भइरहेको बताउनुभयो ।

एसपी ढकालले सामाजिक सञ्जालमा आएका फोटो तथा भिडिओलाई आधार मानेर अनुसन्धान सुरु गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. गौ हत्या संबिधानले बर्जित गरेकोछ। हत्याराहरुलाई कानुन अनुसार कार्वाही गरिनुपर्छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?