अबुजा । नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र विद्रोहीहरू विरुद्धको अभियानका क्रममा एम्बुस र हेलिकप्टर दुर्घटना हुँदा ३६ नाइजेरियाली सैनिकको मृत्यु भएको छ।
नाइजेरियाली सेनाले बिहीबार भने कि उत्तरी क्षेत्रमा सशस्त्र गिरोहहरूसँगको झडपको क्रममा आतङ्ककारीहरूले आक्रमण गरेको थियो। स्थानीयहरूले मिडियालाई भने कि हेलिकप्टरलाई छिमेकी नाइजरको वुशीशीमा सशस्त्र गिरोहहरूले गोली हानेको थियो । यसले नाइजेरियाको उत्तरी क्षेत्रमा बन्दुकधारीहरूको बढ्दो शक्तिलाई लिएर चिन्ता बढाएको छ।
रक्षा प्रवक्ता मेजर जनरल एडवर्ड बुबाले मिडियालाई भने कि सेनाले सोमबार देखी नाइजरमा अपरेशन गरिरहेको थियो, जब सशस्त्र गिरोहहरूले उनीहरूलाई आक्रमण गरे। आक्रमण र गोली हानाहानमा तीन सैनिक अधिकृत र २२ सैनिकको मृत्यु भएको उनले बताए । जबकि सात सैनिक घाइते भएका छन् ।
बुबाले भने कि नाइजेरियाको वायु सेनाको हेलिकप्टरलाई त्यसपछि हताहत भएकाहरूलाई बाहिर निकाल्न पठाइएको थियो तर त्यो दुर्घटनाग्रस्त भयो, जसमा पाइलट र चालक दलका सदस्यहरू सहित १४ सैन्य कर्मचारीको मृत्यु भयो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।
रक्षा प्रवक्ताले भने कि दर्जनौं आतङ्ककारी समूहका सदस्यहरू या त मारिएका छन् वा अन्य धेरै सैन्य अपरेशनहरूमा हिरासतमा छन्। उनले नाइजेरियाली सेना देशको अशान्त क्षेत्रमा शान्ति स्थापना गर्न कटिबद्ध रहेको बताए।
यस आक्रमणले नाइजेरियाका राष्ट्रपति बोला अहमद अडेकुन्ले टिनुबुका लागि नयाँ चुनौतीहरू खडा गरेको छ, जसले हालैको सैन्य कू पछि छिमेकी नाइजरमा प्रजातन्त्र पुनर्स्थापना गर्न इकोवासको पश्चिम अफ्रिका क्षेत्रीय ब्लकद्वारा प्रयासहरूको नेतृत्व गरिरहेका छन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts