काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ र उनकी आमाको उमेर यकिन गर्न आदेश जारी गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित पक्षले पेस गरेका कागजात र विपक्षी लामिछानेका पक्षले पेस गरेको कागजातमा उमेर फरक परेको देखिएपछि आमासहितको उमेर यकिन गर्ने आदेश जारी गरेको हो ।
जाहेरीवालातर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले गौशाला २६ र आमाको उमेर नौ वर्ष मात्र फरक देखिने गरी कागज पेस गरेपछि त्यसको यकिनका लागि गौशाला–२६ र उनकी आमाको उमेर यकिन गर्ने आदेश भएको जानकारी दिनुभयो । ‘उहाँहरूले त करणी भएकै छैन, कुर्सीमा बसेर बाहिर आएको दाबी गर्नुभएको छ । तर, फेरि नाबालिग नभएको प्रमाण जुटाउन मिहिनेत गरिरहनुको कारण बुझ्न सकिएन,’ वरिष्ठ अधिवक्ता रेग्मीले भन्नुभयो, ‘पीडितका पक्षबाट बुझाइएका डकुमेन्टमा कुनै समस्या छैन । उहाँहरूले पेस गरेको डकुमेन्टमा उमेर फरक परेपछि त्यसमै छलफल भएर उमेर यकिन गर्ने आदेश भएको हो ।’
पीडित गौशाला-२६ का तर्फबाट पेस भएको कागजातमा उनको उमेर ०६२ जेठ उल्लेख भए पनि सन्दीप पक्षले ०६१ जेठ जन्ममिति भएको कागजात पेस गरेको छ । यस्तै, बसाइँसराइसम्बन्धी कागजमा गौशाला-२६ की आमाको जन्ममिति २०५३ साल देखिएको छ । उल्लिखित उमेरअनुसार आमा-छोरीको उमेर १० वर्ष मात्रै फरक देखिएपछि वडामार्फत उमेर यकिन गर्ने आदेश भएको हो ।
जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध ०७९ भदौ २१ मा बालिकाले काठमाडौंको गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । जाहेरीका बेला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका सन्दीपलाई प्रहरीले अनुसन्धान सुरु गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts