काठमाडौं । एनआइसी एसिया क्यापिटलको सातौँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदनका साथै २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण पनि पारित गरेको छ । त्यस्तै, सभाले सञ्चालक समितिको प्रस्तावअनुसार चुक्ता पुँजीको ४६ प्रतिशतका दरले हुन आउने नौ करोड २० लाख नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
कम्पनीका अध्यक्ष सन्तोषकुमार राठीले क्यापिटलले आार्थिक वर्ष २०७९/०८० मा १० करोड ४२ लाखभन्दा बढी खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ५२.११ कायम गरी सञ्चालनमा रहेका मर्चेण्ट बैंकमध्ये खुद मुनाफा तथा प्रतिसेयर आम्दानीका आधारमा पहिलो स्थान हासिल गर्न सफल रहेको बताउनुभयो ।
उहाँले स्थापनाको छ वर्ष चार महिनाको छोटो अवधिमै हाल सञ्चालनमा रहेका २५ मर्चेण्ट बैंकमध्ये निक्षेप सदस्य सेवाअन्तर्गत छ लाख ६७ हजार डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवाअन्तर्गत एउटा खुलामुखी योजनासहित पाँच योजना सञ्चालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमका आधारमा तेस्रो स्थान र लगानी व्यवस्थापन सेवाअन्तर्गत छ सय ६५ ग्राहकबाट एक अर्ब ८१ करोडभन्दा बढी रकम संकलन गरी तेस्रो स्थान हासिल गर्न सफल भएको जानकारी गराउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements