गौशाला–२६ की आमाको जन्ममिति फरक परेपछि लामिछानेविरुद्धकाे मुद्दा स्थगित, सुनुवाइ निरन्तर हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्नेभएको छ । न्यायाधीश राजकुमार खतिडवाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो ।

साथै अदालतले पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको छ । नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो ।

ADVERTISEMENT

लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन । अब भने उक्त मुद्दाको सुनुवाई निरन्तर हुने भएको हो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्चअदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *