रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आइपिओमा कुल १३ लाख ६४ हजार ३५३ जनाले आवेदन दिएकामा १३ लाख ५६ हजार ८३५ जनाको आवेदन गोलाप्रथाका लागि योग्य भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ । ७ हजार ५१७ जनाको आवेदन रद्द भएको छ ।

ADVERTISEMENT

कम्पनीले साउन २३ गतेदेखि २६ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २५७ रुपैयाँको दरले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर बिक्री गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।

साथै, रिलायबल नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपिओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *