नेप्से सूचक २०.३१ अंकले घट्याे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सेयर बजारमा गिरावट आउनेक्रम बुधबार पनि जारी रहेको छ ।

बुधबार नेप्से सूचक २०.३१ विन्दुले घटेर २०२५.१२ अंकमा आएर अडिएको छ । करिब १ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम पनि औसत भन्दा कम हो ।

ADVERTISEMENT

आम लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले सकारात्मक प्रदर्शन गर्न नसकेको हो । सूचीकृत कम्पनीहरुको चौथो त्रैमासमा आौसत वित्तीय विवरण आएको छ । यही बेला भदौका लागि बैंकहरुले ब्याजदर बढाउन सक्छन् भन्ने हल्ला पनि चलेको छ । ब्याजदर बढ्न सक्ने आशंका कारण पनि बजार निकै सुस्त भएको अनुमान गरिएको छ ।

यस दिन २६९ कम्पनीको ४८ लाख ३८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोढ ४१ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज