काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
बोर्डले असोज ६ र ७ गते हुने ग्रेड वृद्धि परीक्षाको समय तालिका र आवेदन फाराम बुझाउने सम्बन्धी तालिका सार्वजनिक गरेको हो ।
बोर्डले २०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको थियो जसमा ५० प्रतिशत मात्र विद्यार्थी उतिर्ण भएका छन् ।
कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धिका लागि फारम भर्न पाउने छन् ।
बाँकी दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
ग्रेड वृद्धि पूरक परीक्षा असोज ६ गते बिहान ११ बजेदेखि शुरु हुनेछ । बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ ।
ग्रेड वृद्धिका लागि आजदेखि परीक्षा आवेदन फाराम बुझाउने र भाद्र २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत ६ सय रुपैयाँ बुझाउनु पर्नेछ ।
उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका परीक्षार्थीहरूका लागि भाद्र २९ गतेभित्र विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी १२ सय बुझाई सम्बन्धित विद्यालयमार्फत भाद्र ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भौचर सहित आवेदन फाराम बुझाई सक्नुपर्ने छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts