कक्षा १२ को नतिजा सार्वजनिक, ६ हजार ९७६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ ।

बोर्डको आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियो ।

यस वर्ष परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०।७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताउनु भयो ।

गत वर्ष भन्दा यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।

ADVERTISEMENT

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

बोर्डका परीक्षा नियन्त्रक अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *