पश्चिम नवलपरासीमा बजार अनुगमन गर्न माग

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीमा महंगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण गर्न माग गरेको हो ।

पछिल्लो समय सदरमुकाम परासीसहित जिल्लाका बजारहरुमा चामलको मूल्य ह्वात्तै बढेको, ग्यासको मूल्य घटेपनि व्यापारीले पूरानै मूल्यमा ग्यास विक्री गर्ने गरेको गुनासोहरु आएकोले बजार नियन्त्रण गर्न ध्यानाकर्षण गराईएको उपभोक्ता हित संरक्षण मञ्चकी जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्माले बताउनुभयो ।

यस्तै टमाटर लगायतका हरियो तरकारीको मूल्य अत्याधिक बढेको, मासु पसलमा मरेका कुखुराको मासु विक्री वितरण भईरहेको तथा भेटेरेनरी पसलहरुमा मनपरी मूल्यमा किटनाशक विषादीहरु विक्री गर्ने गरेको समेत गुनासो आएको अध्यक्ष शर्माले बताउनुभयो । बजारमा विभिन्न बहानामा उपभोक्ता ठगी गर्ने कार्य बढेकोले तत्काल बजार अनुगमन गर्न माग गरिएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

चाडपर्व शुरु भएपछि मात्र बजार अनुगमन गर्ने प्रवृत्ति अन्त्य गरि अहिले देखि नै बजार अनुगमन गर्न उपभोक्ता हित संरक्षण मञ्चले माग गरेको छ । चाडपर्वको बेला देखावटीको लागि बजार अनुगमन हुने गरेकोले आर्थिक वर्षको शुरु देखि नै नियमित र प्रभावकारी बजार अनुगमन हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले जोड दिनुभयो ।

मञ्चका जिल्ला अध्यक्ष सरस्वती शर्मा, केन्द्रीय सदस्य रामजी ज्ञवाली, जिल्ला सचिव मोहन पौडेल, रामग्राम नगर समिति अध्यक्ष नरेन्द्र भट्टराईसहितको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सम्बन्धीत कार्यालय तथा सबै पालिकालाई अनुगमनको लागि पत्राचार गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?