एनआइसी लघुवित्तको नाफा ३० करोड

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कर्जा विस्तारभन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको संस्थाले चौथो त्रैमाससम्ममा कुल लघुकर्जा १८ अर्ब ४५ करोड ६६ लाख पुर्‍याएको छ । प्रतिसेयर आम्दानी १७.२५ सहित गत आर्थिक वर्ष ३० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

ADVERTISEMENT

त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा स्व-पुँजीमा प्रतिफल वार्षिक १२.०२ प्रतिशत रहेको छ । तरलता अभावको विषम परिस्थितिमा समेत बचत परिचालनतर्फ दुई अर्ब २३ करोड १८ लाख पुर्‍याउन सफल भएको छ । निष्क्रिय कर्जा पनि ४.६४ प्रतिशतमा सीमित राख्न सफल भएको छ । संस्थाले गत आर्थिकसम्म मुलुकभरका ७४ जिल्लामा दुई सय ८७ शाखामार्फत् दुई लाख सात हजार पाँच सय ७६ विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज