‘इञ्जिनियरिङ विधामा अवसरै अवसर’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पोखरा विश्वविद्यालय(पियु)को विज्ञान तथा प्रविधि संकायले काठमाडौंमा इञ्जिनियरिङ अध्ययनका अवसरसम्बन्धी कार्यक्रम आयोजना गरेको छ । पोखरा विश्वविद्यालयमा इञ्जिनियरिङ अध्ययनका अवसरबारे सोमबार आयोजित कार्यक्रममा कक्षा १२ को अध्ययन सकेर बसेका विद्यार्थीका लागि लक्षित थियो । कक्षा १२ को अध्ययन सकेर इञ्जिनियरिङ विषय पढ्ने तयारी गरेर बसेका विद्यार्थीलाई उक्त विषयबारे थप जानकारी दिन कार्यक्रम आयोजना गरिएको पोखरा विश्वविद्यालयले जनाएको छ ।

कार्यक्रममा हालैमात्र अमेरिकाको हावर्ड विश्वविद्यालयबाट अर्वन प्लानिङमा स्नातकोत्तर गरेर आउनुभएकी मिस नेपाल २०१८ तथा आर्किटेक्ट शृंखला खतिवडाको समेत उपस्थिति थियो । उहाँले विश्वभर इञ्जिनियरिङ अध्ययनको अवस्था, अवसर र चुनौतीबारे चर्चा गर्नुभएको थियो । नेपाल इञ्जिनियरिङ कलेजका प्रिन्सिपल डा. हरिकृष्ण श्रेष्ठले देशका लागि केही गर्न चाहने र देशमा उत्पन्न विभिन्न समस्या समाधान गर्न चाहनेका लागि इञ्जिनियरिङ विषय उत्कृष्ट रहेको बताउनुभयो । इञ्जिनियरिङमा नेपाल र अमेरिकाको पाठ्यक्रम उस्तै-उस्तै रहेको उहाँको भनाइ थियो ।

ADVERTISEMENT

नेपाली विश्वविद्यालयले प्रयोगात्मक विषयमा कम जोड दिने कारण बजार मागअनुसारको सीप दिन नसकेकाले बजारमा काम पाउन गाह्रो भइरहेको अवस्थालाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिष्कृत गर्नुका साथै इन्टर्नसिपसमेत अनिवार्य गरेको छ । विज्ञान तथा प्रविधि संकायका डिन राजेशकुमार ठगुराठीले भन्नुभयो, ‘हालैमात्र सबै इञ्जिनियरिङ कार्यक्रमको पाठ्यक्रम रिभिजन गरेका छौँँ । सैद्धान्तिक विषयका साथै प्रयोगात्मक विषयलाई पनि जोड दिएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?