पिपिएसम्बन्धी नयाँ प्रतिवेदनको स्वागत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले ‘विद्युत् खरिदबिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदन, २०८०’ को स्वागत गरेको छ ।

प्रतिवेदनमा विद्युत् आयोजनाहरूको विद्यमान अवस्था, विद्युत् उत्पादनको अवस्था, विद्युत् प्रशारणको अवस्था, समितिले कार्यादेशअनुसार गरेको अध्ययन तथा विश्लेषणका विषयवस्तुको स्वागत गरेको हो ।

इप्पानद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले पिपिए गर्दा क्यु ४० पिओईमा गर्दै आएकोमा आयोजना अप्टीमाइज हुने पिओईकै आधारमा पिपिए गर्ने तथा उत्पादन सम्मिश्रणमा उल्लिखित सीमाभन्दा ३५ प्रतिशत बढी क्षमतामा आरओआर, पिआरओआर र स्टोरेज÷पम्प्ड स्टोरेज आयोजनाको विद्युत् खरिदबिक्री गर्ने कुरा स्वागतयोग्य रहेको बताउनुभयो ।

ADVERTISEMENT

पिआरओआरका लागि न्यूनतम दुई घण्टा पिकिङ पाउण्डेज भए हुने, सुक्खायामका महिनाको ३० प्रतिशत ऊर्जा पुग्नुपर्ने व्यवस्था हटाई वर्षायाम र सुक्खायामको अवधिमा छरछ महिना कायम गर्ने व्यवस्थाले पिआरओआर आयोजना विकास सहयोग पुग्ने उहाँको भनाइ थियो । इप्पानले प्रतिवेदनको स्वागत गर्दै केही संशोधनका लागि पनि आग्रह गरेको छ । इप्पान अध्यक्ष गणेश कार्कीले बैंकहरूलाई जलविद्युत्मा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको २०७९ माघ २६ गते बसेको बैठकले विद्युत् खरिदबिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत रूपमा फेरबदल गर्नुपर्ने आवश्यकता महसुस गरी प्रतिवेदन तयार गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज