सातै प्रदेशमा बर्षा, पाँच प्रदेशमा भारी बर्षाको संभावना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ।

शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भेगमा मेघगर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भेगमा पनि भारी वर्षा हुने भएको छ।

ADVERTISEMENT

शनिबार रातिदेखि अझ भारी बर्षा हुने सम्भावना रहेको छ।

शनिबारदेखिको वर्षाले तराईभन्दा देशको पहाडी भू-भागमा असर गर्ने अनुमान उहाँले गर्नुभयो। सुरुका दिनमा तराई भेगमा भारी वर्षा हुँदा त्यहाँको जनजीवनमा असर गर्ने देखिएको छ। त्यसपछि पहाडतिर उक्लने भारी वर्षाले बाढीपहिरो र भेलपहिरोको खतरा निम्त्याउन सक्ने भएकाले सरोकारवाला निकायलाई सतर्क रहन महाशाखाले सुझाएको छ ।

आजबाट आउँदो तीन दिनसम्म देशैभर वर्षा काउमै रहने पनि महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *