भोलिदेखि निर्णायक आन्दोलनमा निर्माण व्यवसायी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन शुक्रबार सम्पन्न भएको छ । साउन २२ गतेदेखि सुरु भएको दोस्रो चरणको आन्दोलनमा राजधानीमा जम्मा भएका देशभरका निर्माण व्यवसायीले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर सिठ्ठी जुलुस गरेका थिए । महासंघको निर्देशनबमोजिम सात प्रदेश तथा ७७ जिल्लाबाट आएका निर्माण व्यवसायी जुलुसमा सहभागी भएका हुन् । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा शुक्रबार महासंघ सचिवालयबाट सुरु भएको जुलुस संसद् भवनअगाडि कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महासंघका मानार्थ सदस्य गेल्जे लामा, कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष यमबहादुर बिसी, निर्माण व्यवसायी संघ डोटीका अध्यक्ष घनश्याम पाठक, निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष निलकाजी गुरुङलगायतले व्यवसायीका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

ADVERTISEMENT

कोणसभापछिको जुलुस माइतीघर मण्डलामा पुगेर पुनः सभामा बदलिएको थियो । सभालाई सम्बोधन गर्दै संघीय सांसद तथा माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) ले निर्माण व्यवसायीका समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाल इँटा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्दले निर्माण उद्योगमा असर पर्दा सबै निर्माण सामग्री उत्पादक कम्पनीमा असर परेको भन्दै महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाउनुभयो ।

महासंघका अध्यक्ष रवि सिंहले दोस्रो चरणको आन्दोलन सकिँदासमेत माग पूरा गर्न राज्य उदासीन भएकाले आइतबारदेखि तेस्रो चरणमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिनुभयो । तेस्रो चरणको आन्दोलनअन्तर्गत महासंघले आइतबार सडक विभाग र सिँचाइ विभागमा ताला लगाई धर्ना दिने भएको छ । व्यवसायीको अर्बाैं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायीमैत्री ऐन नियम लागू हुनुपर्ने, माग सम्बोधनका लागि उच्चस्तरीय वार्ताटोली गठन हुनुपर्नेलगायतका माग राखी महासंघ साउन १४ देखि आन्दोलनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज