सिम्रिक एयरको आपत्ति

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिम्रिक एयरले आफ्ना सम्पूर्ण उडानमा प्रतिबन्ध लगाइएको भन्दै फैलिएको समाचारप्रति आपत्ति जनाएको छ । उडान शुल्कबापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४६ लाख ४३ हजार रुपैयाँ बक्यौता भुक्तान नगरिएपछि विभिन्न सञ्चारमाध्यममा सिम्रिक एयरबारे उक्त समाचार आएका थिए । सिम्रिकले प्राधिकरणलाई कुनै बक्यौता रकम तिर्न बाँकी नरहेको दाबी गरेको छ ।

कम्पनीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै हवाई सेवा सञ्चालनबापत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नियमित भुक्तान गरिएको र कहीँ विमानस्थलबापतको शुल्क अडिट (लेखा परीक्षण) हुन बाँकी रहेकाले के कति छ सो विवरण आउनै बाँकी रहेको जनाएको छ । उक्त हिसाबकिताब आएपछि प्राधिकरणलाई भुक्तान गर्न बाँकी भए भुक्तान गरिनेसमेत कम्पनीले स्पष्ट पारेको छ ।

ADVERTISEMENT

साउन २१ गते ७ दिनको समय दिएर हिसाबकिताब राफसाफ गर्न प्राधिकरणबाट पत्र पठाए पनि तोकिएको समयसीमाअघि गलत मनसायले कम्पनीको बदनाम गर्ने गरी मिडियाबाजी गरिएको भन्दै कम्पनीले आपत्ति जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज