भोजपुर विमानस्थलमा सुबिधा सम्पन्न टर्मिनल भवन बन्दै, पर्यटन मन्त्री किराँतीबाट शिलान्यास

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री सुदन किराँतीले भोजपुरको एक मात्र बिमानस्थलमा बन्न लागेको सुबिधा सम्पन्न नयाँ टर्मिनल तथा कन्ट्रोल टावर भवनको शिलान्यास गर्नु भयो ।

भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारमा रहेको बिमानस्थलमा बन्न लागेको भवनको मन्त्री किराँतीले शुक्रवार मुन्दुम तथा सनातन बिधि अनुसार शिलान्यास गर्नु भएको हो । सोक्रममा सम्वोधन गर्नु हुँदै मन्त्री किराँतीले सुबिधा सम्पन्न टर्मिनल भवन निर्माणसँगै आगामी दिनहरुमा ठुला जहाज उडानका लागि पहल गर्दै लानु पर्ने बताउनुभयो । एक जनाले मात्र सुबिधा पाएपनि पहाडी विमानस्थलहरु सुबिधा सम्पन्न हुनु पर्ने मन्त्री किराँतीको भनाई रहेको छ । नेपाल बायु सेवा निगमले अन्य क्षेत्रमा देखिएका बिकृति बिसंगति अन्तयका लागि पनि प्रभावकारी भुमिका निर्वाह गर्न जरुरी रहेको मन्त्री किराँतीले बताउनभयो ।

आरवी उर्वन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले निर्माण गर्न लागेको भवनको कुल लागत पाँच करोड ४५ लाख रहेको नेपाल नागरिक उडययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिनुभयो । आगामी डेढ बर्ष भित्रमा निर्माण कार्य सम्पन्न हुने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । एक रोपनी पाँच आना क्षेत्रफलमा निर्माण हुने भवन एक सय जनाले एकै पटक उपयोग गर्न सक्ने छन् ।

ADVERTISEMENT

पहाडी क्षेत्रहरुमा संचालन भई बिमानस्थलबाट नाफा नभए पनि सेवा मात्र दिने कार्य भई रहेको बताउँदै महानिर्देशक अधिकारीले ५५ बिमानस्थल मध्ये हाल ३३ वटा मात्र संचालनमा आएको बताउनुभयो ।

भोजपुर बिमानस्थलको कुल क्षेत्रफल एक सय ३२ रोपनी रहेको छ भने पाँच सय ४५ मिटर लम्वाई र २० मिटर चौडाई भएको धावनमार्ग छ । भोजपुरमा हाल नेपाल बायु सेवा निगमको जहाजले मात्र भोजपुर काठमाण्डौ उडान गर्दे आई रहेको छ । करिव ४५ बर्ष देखि संचालनमा आएको बिमानस्थल २०७४ सालमा कालोपत्रे भएको थियो ।

शिलान्न्यासका क्रममा बोल्नु हुदै भोजपुरबाट निर्वाचित कोशी प्रदेश सांसद बिनोद बान्तवा र भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले भवन निर्माणसँगै भोजपुर जस्तो दुर्गम जिल्लाका नागरिकहरुले अझै प्रभावकारी सेवा पाउने बताउनु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?