प्रमुख कार्यकारी माथिनै प्रश्न उठेका कारण बलियो र निष्पक्ष उच्चस्तरीय आयोग जरुरी छ : डा. भट्टराई

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार सम्बन्धी मुद्दाहरुको छानविनका लागि उच्च स्तरीय आयोग जरुरी रहेको बताउनु भएको छ ।

देशको प्रमुख कार्यकारी माथिनै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानविनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताउनु भएको हो।

भ्रष्टाचार निर्मुल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने बताउँदै उहाँले संरचनागत ढङ्गलेनै जानू पर्ने बताउनु भयो ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर, आफ्ना कुराहरु लुकाउने गर्न नहुने उल्लेख गर्नु भयो । ‘अहिले प्रकान्तरले छानविनका कुरा आएका हुन् । उहाँहरु निल्नू न ओकल्नुमा हुनुहुन्छ ।’–भट्टराईले अघि भन्नु भयो उहाँहरु नडराउनु भए हुन्थ्यो, म त भ्रष्टाचारका सबै फाइल खोल्नु पर्छ भन्ने पक्षमै छु । माथिदेखिनै अनुसन्धानलाई अघि बढाउनु पर्ने बताउँदै उहाँले विगतका आयोग जस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

संसदमा नेकपा एमालेले उच्च स्तरीय छानविन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उहाँले उल्लेख गर्नु भयो। एमालेको माग सैद्धान्तिक ढङ्गले ठिक भएको बताउँदै उहाँले भन्नुभयो–‘सबैलाई छानविन गर्न सक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो ।’ यसैगरी ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानविन गर्नु पर्ने आदेशको प्रसँगमा उनले त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताउनु भयो । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन ।’–भट्टराईले भन्नुभयो, वयान दिन म तयार छु । भट्टराईले उच्चस्तरीय छानविनको ढोका खुल्छ भने सबै खाले सहयोग गर्न आफू तयार नै रहने उल्लेख गर्नु भयो ।

पार्टीको प्रदेश स्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूराभएकाले आफू त्यसभन्दा पनि अघि बढेको वताउनु भयो । मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औल्याउँदै सोही अनुसार नेसपा अघि बढेको वताउनु भयो । नयाँ राजनैतिक दलहरुप्रति इङ्गित गर्दै डा. भट्टराईले स्पष्ट विचार विना वैकल्पिक शक्ति नबन्ने उल्लेख समेत गर्नु भयो । ‘ती शक्तिहरुबाट क्षणिक लाभ होला दिर्घकालिन जाँदैन’ डा भट्टराईले भन्नु भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?