सदनको अवरोधप्रति राष्ट्रपतिको चासो, सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग छलफल

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान राष्ट्रपति पौडेल, सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

उहाँका अनुसार शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ ।

सो क्रममा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन भएका छलफल प्रयासबारे जानकारी लिनुभयाे । भेटमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका सल्लाहकार अधिकारीले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?