पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहआयोजनामा छमहिने चिनियाँ भाषा तालिम आयोजना गरिएको छ । नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौँ चिनियाँ भाषा तालिम आयोजना गरिएको हो ।

तालिममा बोर्ड कर्मचारीसहित ४० जना पर्यटन व्यवसायी सहभागी थिए । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले दुई देशबीच लामो समयदेखि राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै तालिमले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका साथै जनस्तरको सम्बन्ध समेत प्रगाढ बनाउने बताउनुभयो । मन्त्रालयले पोखरा र भैरहवामा पनि चिनियाँ भाषा तालिम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ जिनले भाषा तालिमले भाषामात्र नभई चिनियाँ कला संस्कृतिबारेमा समेत जानकारी आदानप्रदान हुने बताउनुभयो । बोर्डसँगको सहकार्यमा हालै पोखरामा आयोजित ‘नेपाल-चीन फ्रेण्डसिप ड्रागन बोट फेस्टिभल’बाट पनि नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उहाँको भनाइ थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार भएकाले भाषा तालिमले नेपालको पर्यटन प्रवद्र्धनमा सघाउने बताउनुभयो ।

पर्यटन प्रवद्र्धनका लागि दूतावाससँगको सहकार्यमा विभिन्न कार्यक्रम हुँदै आएको उल्लेख गर्दै भाषा तालिमले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि हुने पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज