राजनीतिक नेतृत्वको गलत मनशायका कारण निर्माण व्यवसायीहरु समस्यामा परेः अध्यक्ष सिंह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनशायका कारण निर्माण व्यवसायीहरुको समस्या भोग्नुपरेको बताउँदै बिरोध प्रदर्शन गरेका छन् ।

बिहीवार पनि नेपाल निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनशाय र कर्मचारीहरुको आफू टिकिरहनका लागि गरेको दुष्कर्म आफूहरुले भोग्नुपरेको भन्दै बताएका हुन् । उनीहरुले नेपाल निर्माण व्यवसायी महासंघको कार्यालयमा भेला भइ संसद भवन अगाडि पुगेर कोणसभा गर्दै माईतीघरसम्म धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले गरेका गल्तीहरु सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए ।

उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरु खारेज नगरे देशमा निर्माण व्यवसायीहरुको आन्दोलन थप चर्किने चेतावनी दिए । कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको पटकपटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको बताउनु भयो । उहाँले सकरारले निर्माण व्यवसायीहरुलाई देखाएर निर्माण व्यवसायीहरुले काम गरेनन् भन्ने भ्रम मात्रै सिर्जना गरेको आरोप लगाउनु भयो ।

ADVERTISEMENT

उहाँले राजनीतिक नेतृत्वको गलत मनशायका कारण र कर्मचारीतन्त्र राजनीतिक नेतृत्वको दबाबमा आएर आफू टिकिरहनका लागि गरेको अनावश्यक कुकर्मबाट निम्तिएको समस्या निर्माण व्यवसायीहरुको खेपिरहनुपरेको बताउनु भयो । निर्माण व्यवसायीहरुलाई धराशायी बनाउने काम नगर्न सरकारलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सार्वजनिक खरिद नियमावलीको पटकपटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको छ । निर्माण व्यवसायीहरुलाई निर्माण व्यवसायीहरुले काम गरेनन् भन्ने भ्रम मात्रै सिर्जना गरेको छ । वास्तविकता त्यो होइन । हामीले सबैलाई सुसुचित गर्नैपर्छ । राजनीतिक नेतृत्वको गलत मनशायका कारण र कर्मचारीतन्त्र राजनीतिक नेतृत्वको दबाबमा आएर आफू टिकिरहनका लागि उहाँहरुको अनावश्यक दबाबलाई थेग्न नसकेर आफू पदमा बसिरहन टेण्डर आह्वान गरेको छ । निर्माण व्यवसायीहरुलाई धराशायी बनाउने काम नहोस् ।’

व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर,गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता,उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *