नेसनल लाइफको बिजनेस लिडर्स सम्मेलन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिफ्टिङ द पाराडाइम २०८०/८१ भन्ने नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चारदिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ आयोजना गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखालाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा भएको सम्मेलन १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो । कम्पनीका अनुसार सम्मेलनमा विभागीय प्रमुख तथा देशभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

सम्मेलनका सहभागी कर्मचारीलाई नेपाल बिमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान दिनुभएको थियो ।

ADVERTISEMENT

चर्चित मनोक्रान्तिका संस्थापक डा. योगी विकासानन्दले सहभागी कर्मचारीलाई तनावमुक्त भई कार्य गरेमा आफ्नो कार्यदक्षतामा वृद्धि हुने भएकाले मनमस्तिष्क सन्तुलन राखी सोबाट प्राप्त हुने सकारात्मक ऊर्जाले तनाव व्यवस्थापन गर्न सकिने बताउनुभएको थियो ।

सो अवसरमा कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालय र विभिन्न विधामा उत्कृष्ट शाखा कार्यालयलाई पुरस्कृत पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज