बारा । नेकपा एमाले बाराले विभिन्न ८ सुत्रिय मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, काठमाडौंमा ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बारामार्फत बुझाईएको ज्ञापन पत्रमा सुख्खाबाट प्रभावित किसानका लागि राहतको व्यवस्था गर्न माग गरिएको छ ।
यसैगरी लम्पी स्किन रोकबाट भएको क्षतिको विवरण तयार गरी किसानलाई उचित क्षतिपूर्तिको व्यवस्थागर्न सरकारसँग माग गरिएको छ ।
यस्तै आँखा पाक्ने रोगको प्रकोप बढेकोले त्यसलाई नियन्त्रण गर्न विशेष कार्यक्रम र योजना ल्याउन भनिएको छ । समय मै मलखादको उचित व्यवस्था गर्न र शान्तिसुरक्षाको अवस्था खस्किँदै गएकोले त्यसलाई सुदृढ गरियोस् ज्ञापन पत्रमा भनिएको छ ।
एमाले जिल्ला सचिव अध्यानन्द पाण्डेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा किसानले उत्पादन गरेको गरेको तरकारी, खाध्यन्न, दूध, फलफुल र माछाको खरिद बिक्री केन्द्र स्थापना गर्न समेत माग गरिएको छ ।
उखु किसानले सरकारबाट पाउने अनुदान रकम ऐलेसम्म पनि नपाएकाले तुरुन्त उपलब्ध गराउन भनिएको छ भने कृषि प्रयोजनका लागि कृषि मिटर निशुल्क उपलब्ध गराइयोस भनी माग गरिएको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाइ ज्ञापन पत्र बुझाइएको थियो सो अवसरमा जिल्ला सचिव पाण्डे एमाले केन्द्रीय सदस्यहरु बलबिर चौधरि, महम्द समीर, एकवाल मिया, प्रदेश कमिटी सदस्य मनोज पौडेल उमेश गुप्ता, जिल्ला कमिटीका भुलन चौधरी, शर्मा बैठा, भोला अधिकारी, अमृतलाल श्रेष्ठ, रमेश चौधरी, पुरुषोत्तम साह, तारा कार्कि लगायतको उपस्थिती रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements