रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु, १८ घाइते ५ जनाको अवस्था गम्भीर

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ। रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका–२ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक रहेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम सारुमगरले जानकारी दिनुभएको छ । बर्षादले सडक चिप्लो भएका कारण बस दुर्घटना भएको प्रहरी प्रमुख सारु मगरको अनुमान छ । दुर्घटनामा १८ जना घाइते भएका छन । ५ जनाको अवस्था गम्भिर छ ।

ADVERTISEMENT

वस सडकदेखि करिब १५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइतेहरुको उद्धारपछि रोल्पाको रेउघास्थीत जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ भने गम्भीर गाइतेहरुलाई घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना लगतै फरार भएका चालक सम्पर्कमा आएको डिएसपी मगरले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?