धनगढीमा पुष्पखेती गर्ने किसानको सख्या बढ्दै, तिहारमा फुल आयात गर्न नपर्ने

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । धनगढीका किसानहरु व्यवसायीक पुष्पखेती गर्नतर्फ आकर्षित हुन थालेका छन् । धनगढी उपमहानगरपालिकाले प्लाष्टिकजन्य फूल, मालालगायतमा प्रतिबन्ध लगाउनु र पुष्पखेतीका लागि तालीम दिएपछि उनीहरु पुष्पखेतीतर्फ आकर्षित भएका हुन् ।

धनगढीमा पहिले थोरै जमिनमा मात्रै पुष्प खेती गर्ने किसानहरुले अहिले व्यवसायीक पुष्प खेति सुरु गर्न थालेका छन् । धनगढी उपमहानगरले प्रदान गरेको एक हप्ते व्यावसायिक पुष्प खेती सम्बन्धि तालिम पछि अहिले व्यवसायीक पुष्प खेति सुरु गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीमा शंकरसिंह विष्ट र सुशीला विष्टले तालीम लिएपछि भाडामा लिएको डेढ बिघा जग्गामा व्यावसायिक पुष्प खेती सुरू गरेका छन् ।

यसअघि कैलारी गाउँपालिकाको पवेरामा घाँस खेती, भैंसी पालन र थोरै जग्गामा पुष्प खेती गर्दै आएका विष्ट दम्पतीले यो वर्षबाट धनगढीको मटियारीमा व्यावसायिक पुष्प खेती सुरु गरेका हुन् । यो वर्ष डेढ बिघा जग्गामा सयपत्री र सुपारी फूल खेती गरेका विष्ट दम्पतीले १० टन बढी फूल उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

विष्ट दम्पतीले यो वर्ष करिब ३० हजार बिरुवा आफू रोपेका छन् भने ८० देखि एक लाख सयपत्री र सुपारी फूलको बोट बिक्री गर्ने लक्ष्य लिएका छन् । धनगढीमा फूलको बजार राम्रो देखेर व्यवसाय सुरू गरेको बताउदै विष्टले आसपासमा थप जग्गा भाडामा उपलब्ध भए अर्को वर्षबाट पुष्प खेतीको क्षेत्रफल बढाउने लक्ष्य राखेका छन् ।

ADVERTISEMENT

धनगढीमा फूलको बजार राम्रो देखेर जग्गा भाडा लीएर भएपनि पुष्प खेति गर्नेको सख्या बढ्दै गएको छ । धनगढीले पुष्पखेतिका लागि दिएको तालीम लिएका मध्य अधिकासले खेति सुरु गरेका छन । सुरुका वर्षमा सोना ठाउमा खेति गर्ने किसानहरु अहिले जग्गा भाडामा लिएर भएपनि खेति गर्न थालेका छन् ।

धनगढी उपमहानगरपालिका १३ कैलाली गाउँका सेतु बिष्टले ११ कठ्ठामा फुलखेति गर्नुभएकाे छ । उहाँले धनगढी ४ मा बेर्ना राखेर कैलालीका गाँउमा पुष्प ब्यवसाय सुरु गर्नुभएकाे हाे । केहि वर्ष पहिले कृषि सुरु गरेकी बिष्टले यष बर्षबाट पुप्प ब्यबसाय गरेको बताउनुभयाे । ‘अहिले धनगढीमा पुष्प ब्यवसाय गर्नेहरुकाे संख्या बढ्दै गएकाले बजारको समस्या हुन्छकी भन्ने पीर थियो तर धनगढीका नगरप्रमुखले बजारीकरणका लागि पालिकाले सहयोग गर्ने भनेपछि ढुक्क छु’ उहाँले भन्नुभयाे ।

दसैं र तिहार मुख्य सिजन भए पनि वर्षभरि आफ्न नर्सरीमा फूल उपलब्ध गराउने विष्टले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘फूलको बजार राम्रो छ। यो वर्ष मेरै दस टन फूल उत्पादन होला भन्ने अनुमान गरेको छु । अन्य किसानले पनि उत्पादन गर्दा धनगढीमा यो वर्ष फूलको अभाव हुन्न। यो वर्ष तिहारमा कसैले पनि प्लास्टिकको माला लगाउने अवस्था आउन्न दिन्नौँ ।’

धनगढी उपमहानगरले यो वर्ष २६ जनालाई एक हप्ते व्यावसायिक पुष्प खेती सम्बन्धि तालिम दिलाएको थियो । यो वर्ष धनगढीको माग पूरा गरेर बाहिर पठाउनसमेत फूल उत्पादन हुने धनगढी उपमहानगर पालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताउनुभयाे ।

काठमाण्डौबाट प्रशिक्षक ल्याएर तालीम दिएको उहाँले बताउनुभयाे । ‘यो वर्ष हामीले २६ जनालाई व्यावसायिक पुष्प खेती सम्बन्धि एक हप्ते तालिम दिएका थियौँ । खेती गर्न चाहनेबाट मात्रै आवेदन माग गरेका थियौँ,’ उहाँले भन्नुभयाे, ‘तालिम लिने सबैले कम्तीमा १ कट्ठादेखि डेढ बिघामा पुष्प खेती गरेका छन् । यो वर्ष धनगढीमा प्रसस्त फूल उत्पादन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज