यस्तो छ- आजको तरकारी तथा फलफूलको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९०, घिउ सिमी लोकल ३०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५३, लौका ४०, हरियो फर्सी ७०, घिरौला २० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ४०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ३०, ब्रोकाउली ८०, कागती १३० रुपैयाँ, भिण्डी ३५, पिंडालू ६०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६०, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

ADVERTISEMENT

समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ८०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १८०, लप्सी ७०, हरियो धनिया १५०, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, रुख कटहर ३०, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज