सिटिजन लाइफको सेयर बाँडफाँट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एनआइएमबी एस क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सिटिजन लाइफ इन्स्योरेन्सको सेयर बाँडफाँट भएको छ । कम्पनीको जारी पुँजी तीन अर्ब ७५ करोडमध्ये ३० प्रतिशत अर्थात् एक अर्ब १२ करोड ५० रुपैयाँ बराबरका एक करोड १२ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर प्रतिसेयर सय अंकित दरमा प्रिमियमबापत एक सय ४४ रुपैयाँ थप गरी जम्मा प्रतिसेयर मूल्य दुई सय ४४ रुपैयाँका दरले असार ३१ देखि साउन १४ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो । सो अवधिभित्र प्राप्त आवेदन छानबिन गरी योग्य आवेदकमा निष्कासित सेयर सोमबार बाँडफाँट भएको कम्पनीले जनाएको छ ।

१९ लाख ३० हजार नौ सय कित्ता खरिदका लागि २७ हजार छ सय ३२ आवेदन प्राप्त भएकोमा चार आवेदकबाट तीन सय ३० कित्ता रितपूर्वक नदेखिएकाले अयोग्य ठहर्‍याई रद्द गरी कुल २७ हजार छ सय २८ आवेदकबाट १९ लाख ३० हजार पाँच सय ७० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएको कम्पनीले जनाएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार सर्वप्रथम रितपूर्वक आवेदन दिने आवेदकलाई न्यूनतम १० देखि ४० कित्तासम्म माग गर्ने सात हजार आठ सय ८५ आवेदकलाई मागबमोेजिमका एक लाख ५४ हजार नौ सय ९० कित्ता तथा ५० देखि दुई हजार कित्तासम्म माग गर्ने १९ हजार सात सय ४३ आवेदकलाई ४० कित्ताका दरले सात लाख ८९ हजार सात सय २० कित्ता गरी कुल नौ लाख ४४ हजार सात सय १० कित्ता बाँडफाँट गरिएको बताइएको छ ।

ADVERTISEMENT

बाँडफाँटपछि बाँकी रहेको एक लाख ८० हजार दुई सय ९० कित्ताको हकमा ५० देखि दुई हजार कित्तासम्म माग गर्ने १९ हजार सात सय ४३ आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँट गर्न अपुग हुने भएकाले ५० देखि दुई हजार कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई गोलाप्रथाद्वारा थप १० कित्ताका दरले १८ हजार २९ जनालाई एक लाख ८० हजार दुई सय ९० कित्ता बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज