काठमाडौं । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत् टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ । आइएमई पे र बुद्ध एयरबीच आइतबार उक्त सम्झौता भएको छ । सम्झौताअनुसार यात्रुले टिकट खरिद गर्ने क्रममा आइएमई पे छनोट गरी सजिलै पैसा तिर्न सक्नेछन् । साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरि केबलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्नेछन् ।
आइएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा प्रवद्र्धित सेवाका माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा अग्रणी भूमिमा खेल्ने जनाएको छ । आफ्ना प्रयोगकर्ताको हवाई यात्राको अनुभवलाई थप सही तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले आइएमई पे सम्झौता गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता